राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन–कीर्ति रत्न’ प्रदान



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उनले युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने बताए ।

“उद्यमशीलता विकासका लागि अविष्कार केन्द्र खोल्नुपर्छ, अनुसन्धान केन्द्र खोलेमात्र उद्यमशीलताको विकास भई देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ”, उनले भने ।

उनले सरकारले अनुसन्धानका लागि नाष्टको स्थापना गरे पनि उक्त संस्थाले आविष्कारको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको गुनासो गरे । मन्त्री पौडेलले धेरै सुन्दर मुलुक नेपालमा पर्यटनमार्फत आर्थिक विकास गर्न सकिने बताए  । “नेपालको प्रकृति र पर्यटनलाई कसैले किन्न सक्दैन, यस क्षेत्रको भरपुर प्रयोग गरी देशले लाभ लिनुपर्छ”, उनले भने । उनले नेपालमा लगानी भित्राउन एनआरएनएलाई आग्रहसमेत गरे ।

ओशो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले विदेशमा कमाएको रकम नेपालमा लगानी गरेर भट्टले पुण्य काम गरेको बताए ।

“देशको आर्थिक विकासका लागि उद्यमशीलता आवश्यक छ”, उनले भने । स्वामी अरुणले आफूहरुले देशका ७७ वटै जिल्लामा योग र ध्यानको आविष्कार केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धानबिना उद्यमी बन्न नसकिने बताए ।

अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ थियो । “नेपालको अर्थतन्त्र सुधार्ने काम उद्यमीको हो, उद्यमी निर्माण गर्नका लागि अनुसन्धानको खाँचो छ, देशमा एउटा अनुसन्धानले मात्र पुग्दैन, धेरै अनुसन्धान केन्द्र खोल्नुपर्छ”, उनले भने ।

अध्यक्ष पुनले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा उद्यमी बनाई रोजगारी प्रदान गर्ने हेतुले आविष्कार केन्द्र स्थापना गरिएको बताए । “अनुसन्धान भनेको जटिल कुरा हो, अहिले हामीले प्राथमिक तहको अनुसन्धान गरिरहेका छौँ”, उनले भने ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भट्टले सङ्घको १० औँ सम्मेलनमा घोषणा गरेअनुसार उक्त पुरस्कार वितरण गरिएको बताए । उनले समाज परिवर्तन गर्नका लागि अगाडि बढेका व्यक्ति तथा संस्थालाई ‘भवन–कीर्ति रत्न’ प्रदान गर्दै जाने उल्लेख गरे ।

राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन–कीर्ति रत्न’ प्रदान

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भट्टले स्थापना गरेको एक करोड राशिको ‘भवन–कीर्ति रत्न’ सम्मान राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरलाई प्रदान गरिएको छ ।

भट्टको जन्मदिनको अवसर पारेर आज पहिलोपटक प्रदान गरिएको उक्त सम्मान तथा पुरस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री पौडेलले प्रशंसापत्र र नगदसहित पुनलाई सम्मान गरेका थिए ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार नेपालको विकास र नेपालको हितका लागि काम गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने पुरस्कारका संस्थापक भट्टले जानकारी दिए ।

उक्त पुरस्कार नेपालमा प्रदान गरिँदै आएको पुरस्कारमध्ये सबैभन्दा ठूलो राशिको पुरस्कार भएको दाबी गरिएको छ । पुनले आविष्कार केन्द्रमार्फत देशमा वैज्ञानिक अनुसन्धान, सूचना, प्रविधि तथा समाजका अन्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३

स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।