सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबीच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

न्यायपरिषद्ले यही भदौ २१ गते सर्वाेच्च अदालतको न्यायाधीशमा उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा दिननाथ पराजुली इलामको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिले उनीहरुबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ । यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाइको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गरे ।

बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मतरुपमा निर्णय सुनाउँदै उठेका प्रश्नको निरुपण गर्न गरेको आग्रहमा सदस्यबीच १० दिनको सूचना प्रकाशित गरी अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कतै भारी, कतै सामान्य वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

  काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली