नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत दिने



काठमाडौं । नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सरकारले पाकिस्तानमा बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना पनि व्यक्त गरेको छ ।

गएको दुई महिनादेखिको वर्षाका कारण भएको बाढी, पहिरो पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । झन्डै एक तिहाइ भू–भाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३

स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।