परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने



काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तामा दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने बताइएको छ । भ्रमण सम्पन्न गरी सचिव पौड्याल भदौ ३० गते स्वदेश फर्कर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने

सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि सरकार र यातायात व्यवसायीबीच भएको

भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

  काठमाडौँ  । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ ।

न्यायिक जवाफदेहिताको सिद्धान्तलाई शिरोपर गरोस् भन्ने मेरो अभिप्राय हो, अभिव्यक्तिलाई गलत अर्थ नलगाइयोस्ः अध्यक्ष घिमिरे

  काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध दर्ता भएको अदालतको