गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज



रुपन्देही । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिए ।

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।

सोही प्रस्ताव यसअघि स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले सो निर्णय परिषद् बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताए ।

परिषद् बैठकले गौतमबुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृतका लागि अन्तर्राष्ट्रिय विज्ञ समावेश गरेर नोमिनेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृतका लागि प्रक्रिया अघि बढाउन गठित समितिको प्रस्तावमा अष्ट्रेलियाका डङ्कन मार्सललाई विज्ञको रुपमा समावेश गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको छ ।

यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि भएको छ । सदस्य सचिव शाक्यका अनुसार बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम