सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला पक्राउ



काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतले फैसला उल्ट्याएको भोलिपल्टै शुक्रबार साँझ कोइराला पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

अब उनलाई बाँकी कैद भुक्तानका लागि डिल्ली बजार कारागार पठाइँदैछ । पत्नी हत्यामा दोषी ठहर कोइरालाले अझै साढे ११ वर्ष कैद भुक्तान गर्न बाँकी छ । सर्वोच्च अदालतले बिहीबार कोइराला प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दाको आफ्नै फैसला उल्ट्याएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंक बहादुर मोक्तान र डा कुमार चुँडाल रहेको पूर्ण इजलासले मुद्दाको पुनरवलोकन गर्दै यसअघिको फैसला बदर गरेको थियो । पूर्ण इजलासले कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको थियो ।

यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो । महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएका कोइरालालाई कैद सजाय घटाउन गरिएको फैसलाविरुद्ध पुनरवलोकन रिट दायर गरेको थियो ।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा