नेपाल इन्जिनियरिङ कलेजका ६ जना पूर्वसञ्चालकविरूद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र ६ पूर्व सञ्चालक समितिका सदस्यविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विशेष सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अनुमति दिएपछि विभागले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी विनोदकुमार दाहालले जानकारी दिएका छन् ।

विभागले पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५, पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११, लबराज भट्टराई २ करोड ७९ लाख ५५ हजार ६ सय, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७, सूर्यबहादुर केसीलाई २ करोड ३४ लाख २१ हजार ५ सय र दीपकप्रसाद भट्टराईलाई ३६ लाख ५९ हजार रुपैयाँको सम्पत्ति शुद्धीकरण गरिएको अभियोग लगाएको छ ।

उनीहरू सबैबाट बिगोको दोब्बर जरिवाना पनि माग गरिएको छ । उनीहरूले संगठित रूपमा कलेजको रकम हिनामिना गरी सिद्धार्थ बैंकमा छुट्टै खाता खोलेर अन्य बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख नराखी झन्डै ८ करोड रकम हिनामिना गरेको उजुरी परेको थियो। उक्त उजुरी परेपछि विभागले विगत २ वर्षदेखि छानबिन गर्दै आइरहेको थियो ।

सामाजिक संस्थाको हैसियतमा खुलेको कलेजलाई ठगेर सम्पत्ति जोडेको भन्दै विभागले उनीहरूविरूद्ध मुद्दा चलाएको हो । उनीहरू सबैका चल–अचल सम्पत्तिबाट बिगो जफत गर्न विशेष अदालतसमक्ष विभागले माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको मुख्य समस्या भनेको प्राथमिकता सत्ता र गठबन्धन देखियो: सांसद बडू(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको

खडेरीले बालीनाली खत्तम

झापा ।  झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्।

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ