त्रिविका स्थगित परीक्षा फागुन एक गतेदेखि हुने



काठमाडौं । कोभिडको ओमिक्रोन संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिए ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिविले फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा मध्यान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ । वार्षिक प्रणाली अन्तर्गतको कानून संकायतर्फ ३ वर्षे एलएलबी प्रथम वर्षको नियमित (नयाँ पाठ्यक्रम)परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । फागुन दुई गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा मध्यान्ह १२ बजेदेखि हुनेछ ।

फागुन दुई गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । परीक्षा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म हुनेछ । फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेछ । परीक्षा बिहान ७ बजेदेखि बिहान १० सम्म हुनेछ ।

फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा हुनेछ ।

परीक्षा मध्यान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ । फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ । त्रिविले कोरोना संक्रमण तीव्र रुपमा फलँदै गएपछि माघ १० गतेपछिका पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको