२८ करोड राजस्व छलीको मुद्दामा रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार घरौटीमा रिहा गर्न आदेश दिएको हो । गत फागुनमा पाटन उच्च अदालतले उनीसँग ७५ लाख धरौटी मागेको थियो ।

धरौटी बुझाउन नसकेपछि उनी थुनामा रहेका थिए । सर्लाहीका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभनमा उमाशंकरको नागरिकता लिई हस्ताक्षर र ल्याप्चेसमेत दुरुपयोग गरेर विभिन्न कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी गरेको भन्दै मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो ।

त्यसमध्ये रायभरमाथि २८ करोड रुपैयाँ ठगी गरेको अभियोग थियो । सर्वोच्च अदालतले कसुरमा रायभरको भूमिका, त्यहाँबाट उनले लाभ नलिएको अवस्था र उनको पारिवारिक स्थितिलाई समेत विचार गरी २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतमा रायभरको तर्फबाट अधिवक्ता राधिका खतिवडा, टीकाराम भट्टराई, सुनिल पोखरेल, जनार्दन बन्जाडे र अञ्जना अर्यालले निःशुल्क रुपमा बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त

हाम्राले कताबाट सिके अन्तरघात गर्न ? समीक्षा हुन्छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको