सामाजिक संजालमा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी



काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको गृहनगरमै एमाले पराजित, दमकको मेयरमा राप्रपाको जित

झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले

विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार ६ हजार मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका

नेपालगंजको मेयरमा कांग्रेसका प्रशान्त विष्ट विजयी

नेपालगंज । नेपालगंज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद