सर्वोच्चद्वारा प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न अस्वीकार



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेशको आदेश माग रिट निवेदनमा गरिएको थियो ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले रिट निवेदनमा माग गरिएको विषय अदालतको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गर्दै दरपीठ गरेका हुन् । रिट निवेदनमा प्रधानन्यायाधीशले विगत लामो समयदेखि अदालतमा उपस्थित भएर पदीय कर्तव्य पनि पूरा नगर्नुका साथै संविधानको वैकल्पिक संवैधानिक उपाय अवलम्बन गर्न अवरुद्ध गरिरहेको रिट निवेदनमा थियो ।

त्यस्तै नेशनल इन्डिपेन्डन्ट लयर्स एशोसिएशनले सर्वोच्च अदालतमा आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि कारबाहीको माग गर्दै दायर गरेको रिट निवेदन पनि अदालत प्रशासनले दरपीठ गरेको छ । सर्वोच्च अदालतमा रजिष्ट्रार पन्थीले सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरी नियमावलीसमेत निर्माण गरिसकेकाले उक्त रिट निवेदनको औचित्य नभएको उल्लेख गर्दै दरपीठ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ