नेपालद्वारा अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण



काठमाडौं । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आइतबार अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सक्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गरिन् ।

अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान सङ्कलन गरेर आजै काबुल पठाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, सङ्घसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।