ललिता निवास प्रकरणमा तीन सय भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार



काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले तीन सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए । उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।

उनले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ । दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरु डिर्पोट गर्छौ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरुले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पुरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा

संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा