‘राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन्, उनको नियतमा कुनै खोट थिएन’



केशवप्रसाद भट्टराई ।
१. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर गलत थियो ।
आफ्नो अप्रजातान्त्रिक र निरङ्कुश कदमको औचित्य सावित गर्न , त्यसलाई वैधता दिन मात्रै उनले राष्ट्रियताको नारा उरालेका थिए ।
आफ्नो सत्ता महत्वाकांक्षा टिकाउन बहुलवादी प्रजातन्त्र र राष्ट्रवाद सँगै जानसक्दैन भन्ने एक किसिमको वाम राष्ट्रवादको भावना उनले जनतामा उराले ।
२. जनताले ठूलो बहुमत बाट जिताएका वीपी कोइरालालाई आठ वर्ष थुनियो,
संविधानबारे राजनीतिक दलहरूलाई आफ्नो राय व्यक्त गर्ने समेत अवशर नदिएर ( संविधान घोषणा हुनु अघि आम चुनावमा उम्मेदवारको नामांकन गर्ने र आम निर्वाचनको सात दिन अघि मात्र संविधान घोषणा भएको अवस्था )
राजाले आफैँले लेखे–लेखाएको संविधान अनुसार निर्वाचित प्रधानमन्त्रीलाई विना कुनै अपराध त्यत्रो वर्ष थुनिदाको पीडाको केही स्वाभाविक अभिव्यक्तिका कारण फेरी अर्को आठ वर्ष निर्वाशन भोग्न वाध्य बनाए ।
भारतमा भएको सिक्किम विलयबाट चिन्तित भएर मृत्यु भोग्नु परे पनि परोस अव राष्ट्रले राजा र प्रजातन्त्रवादी शक्तिवीचको द्वन्द्वलाई राष्ट्रिय स्वतन्त्रता र सुरक्षाको स्थितिले धान्न सक्दैन भनेर राजा र मेरो घाँटी जोडिएको छ,
राजामाथि हुने कुनै प्रहार भन्दा पहिला त्यो प्रहार ममाथि हुने छ भनेर मुलुक फर्किएका वीपीलाई फेरी अर्को चार वर्ष थुनामा राखे राजा वीरेन्द्रले ।
एउटै  चुनाव चिन्ह देऊ, बर्गीय संगठनको सदस्यताको अर्थहीन व्यवस्था राखेर हाम्रो राजनीतिक अपमान नगर हामी पंचायतकै चुनाव लड्छौँ भन्ने वीपीको एक सुनिएन ।
उनको निधन भयो !
३. वीपीको निधन पछि काङ्ग्रेस अलमलियो !
वीपीको जस्तो त्यो चिन्तनको स्तर, राजनीतिक मनोवल र साहश वीपीका उत्तराधिकारीहरूमा थिएन ।
त्यसैले गणेशमानजी र किसुनजी पनि अलमलिनु भयो ।
गिरिजाबाबुले केही साहश गर्नुभयो तर गणेशमानजी र किसुनजी सामू उहाँको केही लागेन क्ष्
राजाले विकल्प खोज्न भने तर जव गिरिजाबाबु मेची महाकाली दौडेर केही निष्कर्ष पार्टी सामू राख्दै हुनुहुन्थ्यो––
राजाले एउटा सन्दर्भमा त्यसको उपहाश गरिदिए पछि गिरिजाबाबुले आत्मसमर्पण गर्नुभयो –गणेशमानजी र किसुनजी सामू ।
परिणाम काङ्ग्रेसले भोग्यो , गणेशमानजी र किसुनजीले पनि भोग्नु भयो।
राजा वीरेन्द्रले पनि भोग्नुभयो !

४. अत्यन्त प्रतिकूल अवस्थामा गद्दीमा बस्नुभएका राजा ज्ञानेन्द्र,
राजकाज र राजनीतिको कुनै अनुभव नभएका राजा ज्ञानेन्द्रसामू अत्यन्त सीमित विकल्प थिए ।
राजा वीरेन्द्रको पालादेखिनै नेपालको दरवारमा र नेपाली राजनीतिमा कुण्डली मारेर बसेको वाह्य शक्तिका हाँक, दवाव, प्रभाव र द्वन्द्व स्थितिमा राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन् !
उनको नियतमा कुनै खोट थिएन ।
दलहरूले आफ्नो दुनो सोझ्याउन मात्रै उनलाई अखानोमा पारेका हुन् !
प्रचण्ड र बाबुरामहरूले उनलाई दानवको रूपमा चित्रण गरेर आफ्नो दानवी चरित्रलाई छोप्न खोजेका मात्रै हुन् !
एकातिर प्रचण्ड र बाबुरामहरूले एमाले र काङ्ग्रेस समेतको सहमतिमा भारतीय र युरोपेली युनियनका राष्ट्रहरूको रणनीति अनुरूप राजनीतिक गन्तव्य निर्धारण गर्दा र
राजा महेन्द्र र राजा वीरेन्द्रका अप्रजातान्त्रिक र दुर्दमनिय सत्ता महत्वाकांक्षाका दुष्परिणामहरूले आकार ग्रहण गर्दा राजा ज्ञानेन्द्रको पालामा आएर नेपालको राजसँस्थाले भोगेको हो !
राजा ज्ञानेन्द्रलाई नियतिले निमित्त मात्रै बनाएको हो !

५. अनि आज मुलुक यस अवस्थामा छ ।
सवैले म म भनेर आफ्ना विगत र वर्तमानका सम्भव हुने जति गल्ती, अभाव, छुद्रता र दुष्टताहरूबाट मुक्त हुन सके र त्यसरी मुक्त गराउने राजनीतिक –सामाजिक परिवेश निर्माण गर्न सके मुलुकले सुरक्षित गन्तव्य पाउन सक्छ भन्ने चाहिँ लाग्दछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक १९ हजार भन्दा बढी संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालन गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ