नेपाली मानवतावादी दार्शनिकः जय पृथ्वीवहादुर सिंह



डा. गोविन्दशरण उपाध्याय ।

धेरै नेपाली र भारतीयहरूलाई मानवतावादी दार्शनिक चिन्तनको आरम्भ र विकास पश्चिमा विद्वानबाट भएको भन्ने अत्यन्त अविश्वनीय भ्रम छ । हाम्रा पाठ्यपुस्तकहरूमा जर्मन धर्मशास्त्री फेद्रिख इम्मन्युएल नाइथामरलाई (1766 1848)  अधिकारिक रूपमा मानवतावादलाई व्यवहारमा प्रयोग गर्ने व्यक्तिको रूपमा उभ्याएको पाइन्छ । यो सबै अर्धसत्य हो । पूर्व, पश्चिमा, उत्तरदक्षिण सबैतिर मानवतावाद वारे प्राचीनकालदेखिनै चिन्तन हुँदै आएको छ । जर्मन नागरिक फेद्रिख इम्मन्युएल नाइथामरले पहिलो पटक विद्यालयको पठनपाठनमा समावेश गरेको कुरा सत्य हो तर उनको मानवतावादी चिन्तन वैश्विक थिएन ।

कार्लमार्क्सले अगाडी सारेको साम्यवादी चिन्तनले विश्वलाई प्रभावित पर्दै गर्दा “अधिकार, उपभोग र समानता”को विचारले विश्वका सर्वसाधारण तथा विद्वानहरूलाई आफूतिर आकर्षित गर्यो । सम्पूर्ण विश्व आर्थिक रूपमा “साम्यवाद र पूँजीवाद”मा विभाजित भयो । मान्छेको अस्तित्वमा केन्द्रित “मानववाद”को पछिल्लो परिभाषा न्यूयोर्क विविमा दर्शनशास्त्रका प्राध्यापक सिंधे हुकले पहिलो परिभाषा गरे तर आधुनिक मानवकेन्द्रित परिभाषा भने सन् २०१५ एड्न्द्रु जेम्सले अगाडी सारे । यस बीचमा धेरै मानवतावादी संघसंस्थाहरू जन्मिए । पछिल्लो अवस्थामा विश्वका सबैजसो गैर–सरकारी संघसंस्थाहरूले मानवतावादी चिन्तनको प्रतिनिधित्व गर्छन् ।

माथि चर्चा गरिएको सन्दर्भमा नेपालको चैनपुर बझांगमा जन्मिएका र तत्कालीन शक्तिशाली श्री ३ चन्द्र सम्शेरका ज्वाईँ चौतारिया राजा जय पृथ्वीवहादुर सिंहको (१८७७–१९४०) चर्चा गर्न विश्वका विद्वानहरूले विर्सेका छन् । मानवतावादको चर्चा गर्दा नेपालका जय पृथ्वीवहादुर सिंहको चर्चा गरिएन भने अन्याय मात्र होइन एउटा इतिहासको अपमान हुने छ ।

विश्वका अग्रणी मानिएका मानवतावादी वा मानववादी भन्दा जय पृथ्वीवहादुर शाहको योगदान उच्चतरको छ । मार्क्सवाद, पूँजीवाद र सामन्तवादको झैंझगडामा रनभुल्ल परेको मानव–समाजलाई जय पृथ्वीवहादुर सिंहले पहिलो पटक व्यवस्थित “मानवतावाद”को संदेश दिएका थिए । उनले अग्रेजी भाषामा लेखेको “Humanism” नामक विशाल पुस्तक र भारतको बेंगलोर शहरमा उनले स्थापना गरेको “मानवतावादी क्लव” विश्वको सबैभन्दा प्राचीन (आधुनिक परिपेक्षमा) मानवतावादी आन्दोलन हो । त्यस बखतको मानवतावादी चिन्तन कार्लमार्क्स वा जर्ज वासिंगटनको आँखाले हेरिने अवस्थामा जय पृथ्वीवहादुर सिंहले राजनैतिक वा आर्थिकवाद परे “मानवतावाद”को परिचर्चा गरेका छन् । उदेक लाग्छ, यस्ता प्रतिभाशाली चिन्तक ओझेलमा पारिएका छन् ।

राजा जय पृथ्वीवहादुर सिंहका धेरै परिचय छन्–मानवतावादी, लेखक, शान्ति–अभियानकर्ता, सामाजिक कार्यक्रता, सुधारकआदि । भारतीय शहर बेगलोरमा बसेर मानवतावादी चिन्तनको वैश्विक वहस चलाए पनि भारतीयहरूले सधैं राजा जय पृथ्वीवहादुर सिंहको चर्चा गर्नबाट जोगिन्छन् । नेपाली नागरिक भएको नाताले उहाँका योगदानको चर्चा गर्दैनन् भने हामी नेपालीहरू पनि पछि परेका हौँ कि ? पूंजीवाद, साम्यवाद, समाजवादमा विभाजित भएको नेपाली राजनैतिक चिन्तन र विद्वत समाजले पनि राजा जय पृथ्वीवहादुर सिंहको उत्तराधिकारमा स्वामित्व ग्रहण गर्न सकेन । अव केही चर्चा हुँदैछ र क्रमशः नेपाली विद्वतसमाजमा सिंहको स्वीकार्यता बढ्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भ्रमण भिसामा खाडी मुलुक जान रोक लगाएको छ । गृह

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न गिराेह पक्राउ

काठमाडौँ । भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ

१२ लाख जरिवाना तोकिएका व्यक्ति जेल चलान

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै