मिस युनिभर्सको उपाधि सुजितालाई



काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छन् ।

उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याइदिएकी थिइन् । शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।

उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए ।

गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा २१ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक

डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप) । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा

९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालई पक्राउ गरेको छ