कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा अगाडि बढ्न निर्देशन दिएका छन् ।

बिहीबार बिहान बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार प्रधानमन्त्रीले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ ।’

कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि सरकारले आदेश जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । बैठकमा केन्द्र र स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयकातर्फबाट असोज मसान्तसम्ममा एक चौथाइ जनसंख्यालाई खोप उपलब्ध गराउने सरकारी लक्ष्यमा पहिलो डोज पाउने नागरिकको तथ्यांकले कभरेज गरेको बताइएको थियो ।

फाइजर एक लाख डोज आइसकेको र चीनबाट भेरोसेल ४० लाख डोज आउँदै गरेको जानकारी मन्त्रालयले दिएको थियो । अन्य दाताबाट पनि खोप आउने क्रममा रहेको बैठकमा जानकारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने