प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने नेपाल बारको निर्णय



काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । नेपाल बार एसोसिएसनको केन्द्रीय समितिको बैठकले न्यायपालिकाको नेतृत्वमा गम्भीर आरोप लागेको अवस्थामा प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षता आँच आउने काम गरेको भन्दै राजीनामाको विकल्प नरहेको बैठकपछि नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि महासचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

मुग्लिन, (चितवन) । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर