प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ र उनले गरेका गलत कामको छानबिन हुनुपर्छः शम्भु थापा



काठमाडौँ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अबिलम्ब राजीनामा दिन सुझाव दिएको छ । मंगलबार बसेको समितिको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्ने बताएका जानकारी दिए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बताए ।

अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजपनि बस्दैछ

गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या भएको छ । मोरङ घर

दाङको पहेलपारमा दिनदहाडै दुई महिलाको हत्या

घोराही । दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले