विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छुः प्रधानन्यायाधीश जबरा



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सडकमा राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग मंगलबार भएको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएका हुन् ।

सर्वोच्चका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि जबराले यस्तो जवाफ दिएका हुन् । प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै एक न्यायाधीशले भने, ‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन । म संवैधानिक बाटोबाट आएको हो, संविधानको व्यवस्थाअनुसार नै कायम रहन्छु ।’ प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् ।

मन्त्रिपरिषद् भागबन्डा मागेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा तानिएका छन्। राजीनामा गर्न उनलाई चौतर्फी दबाब परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले गरे सत्तारुढ दलका नेतासँग अनौपचारिक संवाद

काठमाडौँ । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा

संसदको अवरोध हटाउन छिटो राष्ट्रिय सहमति गर्नुपर्छः प्रवक्ता सापकोटा

मलेखु (धादिङ) । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन

जिबी राई चाँडै पक्राउ पर्छन्ः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन

रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी(फोटोफिचर)

ललितपुरको पुल्चोकमा राखिएको ऐतिहासिक रातो रातो मच्छिन्द्रनाथको रथमा विराजमान रातो मच्छिन्द्रनाथको दर्शन गर्दै