गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित



काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नेछन् । उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन् ।

उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नम्बर ४ बाट थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुन् । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका उनी बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४