राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले अध्यादेश खारेज गरेकी हुन् ।

दल विभाजनको व्यवस्था खुकुलो बनाउन सरकारले यो अध्यादेश ल्याएको थियो। अध्यादेश अनुसार एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी विभाजन भइ महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको थियो ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । बैठकले केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् विस्तारका लागि अध्यादेश नै बाधक बनेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ताका लागि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब परेको थियो ।

बिषेशगरी जसपाले अध्यादेश फिर्ता नभए आफ्नो दल फेरि विभाजन हुनसक्ने भन्दै देउवामाथि दबाब दिएको थियो । २० प्रतिशतमा नै दल विभाजन गर्न सक्ने प्रावधान राख्दा दलहरू विभाजनका लागि संधै ढोका खुल्ला भइराख्ने अवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम

कच्ची घरमा बसेर महल ठ्डयाउने कैलालीका ‘रुवि’

महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित

प्रचण्डमा चरम सत्तामोह देखियोः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता