तस्बिरमा हेर्नुस् कमलपोखरी



काठमाडौँ । कमलपोखरी पुनर्निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भएको छ । पोखरीमा टनाटन पानी भरिएको छ । पोखरीको निरीक्षणका लागि पुगेका काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, अनावश्यक विवादका कारण काममा केही अवरोध भएपनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुसी लागेको बताए । छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने प्रमुख शाक्यको भनाइ छ ।

‘सबैले रानीपोखरी मात्रै देखेका छन् । हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण भइरहेको हो ।’ प्रमुख शाक्यको भनाइ छ ।

आकाशे पानी संकन र पुनभरण तथा पानी शुद्धिकरण गर्ने योजनासहित पोखरीको पुननिर्माण भइरहेको छ । पहिला बेबारिसे र फोहोर जमेको पाखरी अब परम्परागत, सांस्कृतिक र पर्यकटीय स्थल हुनेछ । प्रमुख शाक्यले झिँगटीको छानामुनिको मण्डपबाट टनाटन पानी भरिएको कमलपोखरीतिर देखाउँदै भने, पुननिर्माणको दोस्रो चरणमा यस अघि प्रहरी रहेको ठाउँमा सुन्दर पार्क निर्माण गरिनेछ । उनले कमलपोखरीजस्तै महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको संरक्षण र प्रवर्धन गर्ने बताए । यसका लागि संघीय र प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श गरिएको उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरुप पुननिर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

उनकाअनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहनेछन् ।

करिब ६ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुनर्निर्माण गरिएको हो ।

पोखरी निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ वटा मकरधारा छन् । पोखरी पुनर्निर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।

यसको व्यवस्थापनका लागि मासिक करिव १ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । पोखरी पुननिर्माणको काम कँडेल निर्माण सेवा कम्पनीले गरिरहेको छ । यसका लागि भक्तपुर र ललितपुरको बुङमतीबाट अनुभवी कामदारको सीप प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको