संखुवासभा सामूहिक हत्याकाण्डः लोकबहादुरका भाइ नरेश पनि पक्राउ



काठमाडौं । संखुवासभाको मादी नगरपालिका – १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या  प्रकरणमा प्रहरीले थप एक जना जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपी लोकबहादुर कार्कीका भाइलाई पक्राउ गरेको हो ।

 

प्रदेश नम्बर एकका डिआइजी अरुण बिसीले अभियुक्त कार्कीका भाइलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जानकारी दिएका छन् । गतसाता ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला परेका थिए।

प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरका भाइ नरेशको साथबाट रञ्जनाको हराएको मोबाइल पनि फेला पारेको जनाएको छ । अभियुक्त कार्कीले योजनाबद्ध रूपमा नभएर आवेगमा आएर तत्काल त्यस्तो घटना भएको प्रहरीले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।