कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज



काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।

बिहीबार रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट निवेदन खारेज गरिदिएको हो । वैद्यले रिटमार्फत् महामारीको समयमा महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

महोत्तरी । दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम

वर्षा र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरको धानबालीमा क्षति

गलेश्वर । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा

प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन