एमसीसी अघि बढाउने विषय सत्तामा रहेका दलहरूको होः केपी ओली



काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

बिहीबार बिहान काठमाडौं आएको उपाध्यक्ष सुमारको टोलीले सबैभन्दा पहिले ओलीसँग भेटवार्ता गरेको हो । ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् । भेटमा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी थिए ।

भेटमा ओलीले एमसीसीलाई अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तामा रहेका दलहरूको नै भएको जवाफ ओलीले दिएको बताइएको छ । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीको पृष्ठभूमि उल्लेख गर्दै एमसीसीको सन्दर्भमा एमालेको धारणाबारे जिज्ञासा राखेकी थिइन् ।

अध्यक्ष ओलीले भने सत्ता पक्षले स्पष्ट धारणा नबनाई आफूहरूले धारणा नबनाउने बताएको बताइएको छ । ओली र सुमारबीचमा करीब एक घण्टा भेटवार्ता भएको थियो ।

भेटमा एमाले अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, नेताहरू विष्णु रिमाल, सूर्य थापा लगायत सहभागी थिए । सरकारको नेतृत्वमा रहँदा एमसीसी अघि बढाउन खोजेका ओलीले सरकारबाट हटेपछि भने एमसीसीको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

सरकारमा रहँदा एमसीसी परियोजना संसद्बाट पास गर्नका लागि निकै जोडबल गरेका ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने बताइएको छ ।

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे आफ्नो धारणा बदलेका छन् । त्यसैले पनि ओलीसँग एमसीसीका प्रतिनिधिको भेटलाई महत्वका साथ हेरिएको छ ।

सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री देउवाका साथै अन्य राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला सुमरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका