मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न गृह मन्त्रालयको अनुरोध



काठमाडौं । गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ । मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम/सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ । त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।