पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि गठी धन्दामात्रै चलाएको पुष्टि भयोः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगमनका नायकको रुपमा देखापरेको आरोप लगाएका छन् ।

शनिबार वाइसिएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान निर्माणपछि देश विकासका लागि कम्युनिस्टहरु एक ठाउँमा आएको भएपनि त्यस्ता नायकहरुका कारण आन्दोलन गर्नुपरेको बताएका हुन् ।

उनले विगतमा कांग्रेसले संसदमा पूर्ण बहुमत प्राप्त गर्दा ५ वर्ष सरकार टिक्न नसकेको घटना यसपटक दोहोरिएको बताए । उनले भने, ‘ कांग्रेसबाट पाठ सिक्छन् भनेर वाम शक्तिलाई एक ठाउँमा राखेमा स्थायित्व होला भन्ने ठानेर प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य अगाडि जान सकेन । अहिले भयानक प्रतिगमनको नाइकेहरू कम्यनिष्ट आन्दोलबाट देखा परे ।’

उनले एमाले अध्यक्ष ओली पाइला पाइलमा ठगी गरेको आरोप लगाए । उनले भने, ‘दुई वर्षमा सरकारको जिम्मेवारी मलाई दिने भने तर दिएनन् । तमसुकमा सही हस्ताक्षर गराए तर कार्यान्वयन गरेनन्।’

उनले प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको बताए । उनले प्रतिगमनकारीहरु अहिले पनि दाउ हेरेर बसेकाले ढुक्क हुने अवस्था नरहेको बताए ।

उनले भने,‘ पहिलो पटक प्रतिगमनलाई ढाल्यौं भनेर लड्डु खायौं र रिल्याक्स मुडमा बस्यौं । फेरि अर्को पटक टाउकोमा प्रतिगमनकारीले हान्यो । अहिले गठबन्धन छ । ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानको रक्षाको निम्ती सुदृढ गर्नुछ । त्यसतर्फ सवै सजग हुनुपर्छ । नत्र कुनै पनि बेला आक्रमण गर्न सक्छ।’

उनले उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । उनले भने, ‘संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो । उमेरका हिसावले सात दश पुग्नु भनेको उत्तराद्धको समय हो । अब मलाई त राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेर संस्मरण लेख्ने इच्छा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।