युएन मिसनको परीक्षालाई मर्यादित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताएका छन् ।

उक्त मिसनका लागि पूर्वआकलन परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । उनले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिए ।

नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनका लागि समयमै समन्वय गर्नु पर्नेमा उनले जोड दिए ।

वरिष्ठ प्रहरी अधिकृतसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गङ्गा पन्तले परीक्षा सञ्चालनको तयारीसम्बन्धी प्रस्तुतीकरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा लाग्दैनौंः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र

राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ

छोटियो अन्नपूर्ण आधार शिविरको यात्रा अवधि

म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार