महाधिवेशनका लागि विमलेन्द्र निधिले बानेश्‍वरमा खोले सम्पर्क कार्यालय



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप सम्पर्क कार्यालय खोलेका छन् ।

सभापति पदमा उम्मेदवारी दिने निर्णयगरेसँगै उपसभापति निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए । उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए ।

उनले भने, ‘कसैलाई पराजित गराउन उम्मेदवारी दिएको होइन। रुख छाप राष्ट्रियता जगेर्ना गर्ने छाप भएकाले यही कुरा फैलाउन सभापतिमा उम्मेदवारी दिन तयारी गरेको  हो।’ निधिले बीपीले दिएको अवसरले नै आफूले यो क्षमता पाएको भन्दै उनीप्रति विषेश सम्मान रहेको समेत बताए । निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसनप्रति समर्थन जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा