नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए पदबाट राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलवार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफूले विद्यमान नियम, कानून अनुरुप नै सेयर खरिद गरेको दाबी गरे । अन्तर्राष्ट्रिय कानूनलाई परिभाषित गर्दै आफूलाई दोषारोपण गरिएको भन्दै उनले सरकारले छानविन समिति समेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि आफूले राजीनामा दिएको बताए ।

उनले आफ्नो कार्यकालमा नेपालको लगानीकर्ता र नेपालको पूँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताए । दैनिक रुपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुनसक्ने अवस्थामा पुर्याएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३