पहिरोले पुरिएर नुवाकोटमा एक जनाको मृत्यु



नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा बिहीबार बिहान एक जनाको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

कञ्चनपुरमा डुबानका कारण १२ हजार हेक्टरको धानबाली क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२