अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको एमाले संसदीय दलको नेता चयन, मुख्यमन्त्री बन्ने



हेटौंडा । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् ।

पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले