देउवा सरकार एमाले विभाजनमा लाग्नु दूर्भाग्यपूर्णः भीम आचार्य



काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन र सांसदहरुलाई गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्वलाई अपील गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत ६ बुँदे अपील जारी गरी पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई अपील गरेका हुन् । उनले पार्टी विभाजनले सबै न्यायप्रेमी जनतालाई दुखित र प्रतिकृयावादीहरु खुसी भएकाले प्रतिगामी अध्यादेशको बिरोध गर्न आग्रह गरेका छन् ।
यस्तो आचार्यको ६ बुँदे अपील

(१) प्रतिनिधिसभा विघटन बिरोधी अभियान संसद÷ संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए। पार्टी बिभाजन गर्नको लागि होइन ।

(२) नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्तिका उपलब्धिहरुलाई कमजोर पार्दछ। अग्रगमनको यात्रामा गम्भीर धक्का दिन्छ ।

(३) संसद र संविधान बचाउनको लागि बनेको भनिएको शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजन गर्न लाग्नु र त्यसको लागि विभाजनकारी अध्यादेश ल्याउने दुष्कर्ममा लाग्नु दूर्भाग्यपूर्ण हो ।

(४) लोकतन्त्र/संविधान र स्थायित्व लाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादीहरुको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो । यो तुरुन्तै फिर्ता गरिनुपर्दछ।

(५) पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन म सबै नेता तथा सांसदहरुलाई तथा विभाजन रोक्न भनि गरिएका कार्बाही फिर्ता लिन पार्टी नेतृत्वलाई हार्दिक अपील गर्दछु।

(६) विभाजनले सबै न्यायप्रेमी जनतालाई दुखित र प्रतिकृयावादीहरुलाई खुसी पार्दछ । त्यस अर्थ पार्टी विभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको विरोध गर्न र पार्टी एकताको पक्षमा दृढतापूर्वक लाग्न म सम्पूर्ण नेता, कार्यकर्ता र आमजनसमुदायलाई हार्दिक अपील गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

यो देशमा ‘भिजिनरी’ नेता भएनन्ः सांसद भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी

प्रकाशित समाचार हटाउने आदेश खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डु अनलाइनविरुद्ध दायर