अध्यादेशले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउँछः गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत विष्टले अध्यादेशले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

कञ्चनपुरमा डुबानका कारण १२ हजार हेक्टरको धानबाली क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२