चार्टर्ड विमानमार्फत अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फिर्ता



काठमाडौं । अफगानिस्तानबाट ११८ जना नेपाली मंगलबार बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरुलाई जजिरा एयरलाइन्सबाट कुवेत हुँदै नेपाल ल्याइएको हो ।

उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ । अमेरिकी सेनाको जहाजले कतारको दोहा ल्याएका उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको थियो ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्धार गर्ने निर्णय गरिसकेको छ भने त्यसका लागि समिति गठनसमेत गरेको छ । त्यस्तै आगामी साता काबुलमा रहेका नेपाली ल्याउन नेपाल वायु सेवा निगम पठाउने तयारीसमेत गरिएको छ । सोमबार साँझसम्म उद्दारका लागि १३४ नेपाली सम्पर्कमा आएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा १५ सय नेपाली रहेको अनुमान गरिएको छ । तालिबानले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान छाड्न चाहनेहरुको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका