त्रिविका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप दिइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने विद्यार्थीले कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो ।