कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते बस्ने, महाधिवेशनबारे निर्णय हुने


काठमाडौं । नेपाली कांग्रेसले साउन २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी साउन २८ गते दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी गराएका हुन् ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उनले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका आग्रह गरिएको छ ।

s cc