भूमिसम्बन्धी आयोग खारेजीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाडौं । सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको निर्णय  बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता प्रवेश केसीले कानुनमै व्यवस्था गरेको आयोग बीचमा खारेज गर्न नमिल्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । रिटमाथिको सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ।

निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।