अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं आइपुग्ने



काठमाडौं । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई दिन लागेको खोप आगामी सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार जोन्सनस एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्नेछ ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुक्रबार केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी गराएका थिए ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि

सौर्य जहाज दुर्घटना पीडितद्वारा न्याय नपाएको गुनासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको