नेपाललाई डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौँ । आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

आयरल्याण्डबाट अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, ४४ थान भेन्टिलेटर लगायतका सामग्री प्राप्त भएको छ । त्यसैगरी डेनमार्कले २६ थान भेन्टिलेटर, नजल अक्सिजन क्यानल्स ५० थान, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० थान सहयोग गरेको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री तामाङले कोभिड नियन्त्रणका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास