जनकपुरधाममा एकसय शैयाको कोभिड विशेष अस्पताल संचालनमा



जनकपुरधाम । प्रदेश दुई सरकारले अस्थायी राजधानी जनकपुरधाममा एक सय शैयाको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको छ।
जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच बिहीबार उद्घाटन गरेका छन् । विगत १ वर्ष अघिदेखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्ने प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण आजदेखि मात्र संचालनमा ल्याउन सकिएको हो ।

अस्पतालको उदघाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताए ।

शिक्षण अस्पताल संचालनका लागी सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दशकौं वितिसक्दा समेत अस्पताल संचालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी समेत गराए ।

कार्यक्रममा समाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे ।

स्थापनाको छोटो समयमै ४ विघामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक शत्रदेखि विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास