कोभिड संक्रमितका लागि डा. भगवान कोइरालाका सुझाव(भिडियोसहित)



काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कोरोना संक्रमण भयो भन्दैमा नआत्तिन आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत कोइरालाले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि प्रयोग नगर्न र अक्सिजनलगायतका औषधि प्रयोग नगर्न सुझाव दिएका हुन् ।
यस्ता छन् कोइरालाका सुझावः
कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ भयो भन्दैमा धेरै आत्तिनु जरुरी छैन। ८० प्रतिशतभन्दा बढी संक्रमित आफै निको हुन्छन्।
केही प्रतिशतलाई सामान्यदेखि मध्यम लक्षण देखिन सक्छ। थोरै प्रतिशतलाई मात्रै गम्भीर लक्षण देखिन्छ र उनीहरू उपचारका लागि अस्पतालमा जानुपर्ने हुन्छ।

याद गरौं, कोभिड पोजेटिभ भएका सबैलाई अक्सिजन चाहिँदैन र अस्पताल पनि जानु पर्दैन। कस्तो अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ र अस्पताल जानुपर्छ भन्ने कुरा जान्नु जरुरी छ ।

१) कोरोना पोजेटिभ छ र लगातार ज्वरो आइरहेको छ। पाँच दिनभन्दा बढी १००.४ डिग्रीभन्दा बढी ज्वरो आयो र सिटामोल खाएर पनि घटेन भने,

२) श्वास फेर्न गाह्रो भएको छ भने,

३) अक्सिमिटरले नाप्दा अक्सिजन ‘स्याचुरेसन’ ९२ भन्दा कम देखाउँछ भने, अथवा

४) असाध्यै गाह्रो भयो भने पनि स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ वा अस्पताल जानुपर्छ।

स्वास्थ्यकर्मीको सल्लाहबिना घरमै अक्सिजन वा औषधि लिनु उपयुक्त हुँदैन। त्यसैले पछि चाहिएला भनेर अक्सिजन जोहो गर्नु पनि बुद्धिमानीपूर्ण काम नहोला। आवश्यक परेमा अस्पतालमै उपचार गर्न जानु बुद्धिमानी हुन्छ।

विभिन्न ओषधिहरू पनि स्वास्थ्यकर्मीकै सल्लाह अनुसार लिनु उपर्युक्त हुन्छ, सिटामोल जस्ता सामान्य औषधि बाहेक। घरमा बस्दा अरुलाई कोरोना सर्न नदिन सतर्क हुनुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयूकेएलद्वारा बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मतको काम सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच

६ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ

काभ्रे। छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान

पाल्पा। पाल्पाको रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ