केसी र श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग



काठमाडौँ । प्रतिनिधिसधा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने घोषणा गरेका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

कार्की र भट्टराईले निवेदकको आशंकामा ढुक्क हुन नसक्ने अवस्था, प्रारम्भिक सुनुवाइमा नै विवाद भएका हुनाले आफूहरुले इजलासबाट अलग हुने निर्णय गरेको बताए । यसअघि मंगलबार बिहान सर्वोच्च बारसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति जनाएका छन् ।

यसैबीच, प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि यही जेठ २३ गतेका लागि पेशी तोकिएको छ। संवैधानिक इजलासमा मंगलबार भएको सुनुवाइपछि २३ गतेका लागि अर्को पेशी तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दायर भएका छन् । गत शुक्रबारदेखि संवैधानिक इजलासमा यसबारे सुनुवाइ सुरु भएको हो।

प्रधानन्यायाधीश राणाले आफूसहित बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास तोकेका थिए। न्यायाधीशद्वय श्रेष्ठ र केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएपछि मंगलबारको सुनुवाइ सुरु हुन सकेको थिएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक

तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

यसवर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्राको व्यापार

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।