चार हप्तापछि कोरोना नियन्त्रणमा आउन थाल्छः स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना नियन्त्रणका लागि अझै चार हप्ता समय लाग्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले मानिसको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा अपेक्षा अनुसार कोरोना संक्रमण नियन्त्रणमा नआएको बताएका हुन् ।

उनले चार हप्तापछि भने संक्रमण नियन्त्रणमा आउने दाबी गरे । पछिल्लो एक सातामा दैनिक ८ हजार ३ सय मानिसमा कोरोना संक्रमण देखिएको मन्त्री त्रिपाठीले जानकारी दिए । उनले खोप खरिदका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिए ।

उनले युरोपियन युनियनको स्टोरमा रहेको खोपका लागि पहल भइरहेको र त्यसका लागि आजै नर्वेका राजदूतसँग पनि कुरा भएको जानकारी दिए । त्यसका लागि भएको कुराकानी सकारात्मक रहेको उनको भनाई थियो ।

त्यस्तै उनले खोपका लागि भारत, चीन, अमेरिका, रुसलगायतका देशसँग उच्चस्तरीय पहल भइरहेको बताए । उनले उपचार र परीक्षणका लागि सरकार जनताको साथमा रहेको भन्दै कोभिड रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक