कोरोना संक्रमणबाट पूर्वमन्त्री पहाडीको मृत्यु



नेपालगंज । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पहाडी कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज