पार्टी विभाजनलाई नरोके आगामी पुस्ताले असाधारण मूल्य चुकाउनुपर्ने घनश्याम भुसालको चेतावनी



काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा चार बुँदे जवाफ दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको जवाफमा उनले आफूले पार्टी र संसदीय दलको विधानविरीत कुनै गतिविधि नरेको दाबी गरेका छन् ।

“म नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षलगायत अरू पदाधिकारीजस्तै प्रतिनिधिहरूको प्रत्यक्ष मतबाट निर्वाचित उपमहासचिव हुँ । साथै, नेकपा एमालेको उम्मेदवारका हिसाबले गत २०७४ सालको आम निर्वाचनमा प्रस्तुत भई प्रतिनिधिसभाको सदस्यमा निर्वाचित सदस्य हुँ । मैले पार्टीको उपमहासचिव र संसदीय दलको सदस्यको हिसाबले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम गरेको छैन,” उनको पत्रमा भनिएको छ । नेता भुसालले पार्टी विभाजनलाई नरोके आगामी पुस्ताले असाधारण मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

यसअघि वैशाख ६ गते संसदीय दलका नेतासमेत रहेका ओलीले माधव नेपाल पक्षीय नेताहरूलाई स्पष्टीकरण सोधेका थिए ।

यस्तो छ भुसालको स्पष्टीकरण​ पत्र 

मिति : २०७८।१/९
कमरेड केपी शर्मा ओली,
अध्यक्ष तथा नेता, संघीय संसदीय दल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)

विषयः स्पष्टीकरण ।

संसदीय दलको नेताको हैसियतले तपाईँले २०७८ वैशाख ६ गतेको मिति राखेर वैशाख ७ गते दिउँसो इमेलबाट मलाई पठाउनु भएको पत्रका सम्बन्धमा आफ्नो भनाई निम्नानुसार रहेको कुरा जानकारीका लागि इमेलद्वारा प्रेषित गरेको छु :

१. म नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षलगायत अरु पदाधिकारीजस्तै प्रतिनिधिहरुको प्रत्यक्ष मतबाट निर्वाचित उपमहासचिव हुँ । साथै, नेकपा एमालेको उम्मेदवारका हिसाबले गत २०७४ सालको आम निर्वाचनमा प्रस्तुत भई प्रतिनिधिसभाको सदस्यमा निर्वाचित सदस्य हुँ । मैले पार्टीको उपमहासचिव र संसदीय दलको सदस्यको हिसाबले पार्टी र संसदीय दलको विधान विपरित कुनै काम गरेको छैन ।
२. २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार २०७७ जेष्ठ २ गतेलाई नेकपा एमालेको पार्टी जीवन पुनः आरम्भ गर्नु पर्ने वैधानिक, कानूनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टीलार्ई विभाजित गर्न सङ्ठित प्रयास भएपछि ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने घोषित ध्येयका साथ चैत्र ४ र ५ गते नेकपा एमालेका कार्यकर्ताहरुको राष्ट्रिय भेला गरिएको हो र त्यो कार्यक्रम आयोजनाका नेतृृत्व कर्तामध्ये मैले पनि भूमिका खेलेको कुरा साँचो हो । त्यो काम पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाको लागि गरिएको हो । मेरो त्यस सक्रियताले कसका हितमा बाधा परेको छ भन्ने कुरामा मलाई चासो छैन । यस पापत ब्यहोर्नु पर्र्ने कुनै पनि परिणाम ब्यहोर्न आफु तयार नै रहेको कुरा अनुरोध गर्छु ।

३. हाम्रो पार्टीको नवौँ महाधिवेशनमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरु निर्माण गर्ने कुरामा बहस तथा विवादहरु थिए । मसमेत रहेको पक्षका विचारहरु महाधिवेशनले पारित गरेकै कारणले म माथि विभिन्न किसिमका आरोपहरु लगाउने काम भैरहेको तथ्य विभिन्न हिसाबले स्थापित नै छ । ती विचारहरु बनाउने र आठौँ महाधिवेशनमा प्रस्ताव गर्ने तथा नवौँ महाधिवेशनसम्म तिनको पक्षमा लेख्ने, बोल्ने र प्रशिक्षणहरु गर्ने गराउने काममा मैले नेतृत्व गरेको हुँ । नवौँ महाधिवेशनपछि पार्टीले उक्त कार्यदिशा र सिद्धान्तको कार्यान्वयन नगरेको विषयमा पार्टीको केन्द्रिय कमिटी, स्थायी कमिटी र अन्य मञ्चहरुमा आवाज उठाउँदै हुँ । त्यस क्रममा मेरो आलोचना र विरोध हुँदै आएको कुरामा म स्पष्ट छु । आफ्नो त्यस क्रियाकलाप वापत हुन जाने परिणामलाई ब्यहोर्न तयार छु ।

४. आजको नेपाली समाजको मुख्य समस्या दलाल पुँजीवादसँग छ भन्ने कुरा मैले २०५७ सालदेखि उठाउँदै आएको छु । आठौँ महाधिवेशनपछि दलाल पुँजीवादले हाम्रो पार्टीका नेता कार्यकर्तालाई कसरी प्रभावित पार्दैछ र पार्टीभित्रै दलाल पुँजीवादको सेवा गर्ने एउटा समूह कसरी संस्थागत हुँदैछ, साथै, त्यो समूह नकमाएको सम्पत्तिमा बाँच्ने नवधनाढ्य वर्गमा कसरी रुपान्तरित हुँदैछ विषयमा पार्टी र सार्वजनिक मञ्चहरुमा छलफल गर्दै आएको छु । नवौँ महाधिवेशनदेखि दलाल पुँजीवादले कसरी हाम्रो राज्य–कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिका–लाई नै कब्जा गर्छ÷गर्दैछ भन्ने कुरा उठाउँदै आएको छु । यी विषयमा मेरो लगावका कारणले मेरो विरोध र आलोचना हुुँदै आएको कुरा मलाई राम्ररी थाहा छ । यस वापत भविष्यमा मैले अरु जोखिमहरुको पनि सामना गर्नु पर्छ भन्ने कुरामा म धेरै स्पष्ट छु । र, मेरा यी क्रियाकलाप वापत हुन आउने कुनै पनि परिणाम व्यहोर्न तयार रहेको कुरा स्पष्ट पार्छु ।

अन्त्यमा,

आज पार्टीमा देखा परेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ । इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पीँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पीँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ । यसबाट पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा मैले के के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफु तयार रहेको जानकारी गराउँदै त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु ।

घनश्याम भुसाल
सदस्य, प्रतिनिधि सभा तथा संघीय संसदीय दल
तथा उपमहासचिव नेपाल कम्युनिष्ट पार्टी (एमाले)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण