काठमाडौंलाई सुन्दर र स्वच्छ बनाउ सकिने महावीर पुनको यस्तो योजना



महावीर पुन ।
काठमाडौँ उपत्यकालाई बैकुण्ठ जस्तै बनाउने मिठो कथा सुन्नुस र फोटो हेर्नुहोस्
केही दिनदेखि काठमाडौं उपत्यका भित्रको तीनै वटा शहरमा वायुमण्डल अतिनै प्रदुषित भएको छ । यसले जनजीवन प्रभावित गरेको छ र जनसाधारणको स्वास्थ्यमा पनि अतिनै नराम्रो असर पारेको छ । यो ठूलो समस्या हो । त्यसैले यो समस्याको अलिकति भए पनि समाधान हुन्छ कि भनेर यसो गरे कसो होला भन्दै एउटा आईडिया राखेको छु । गल्ती भएमा माफ पाउँ, पढी दिनु होला।

१. समाधानको शीर्षक – ‘माथि बाट हेर्दा देखिने हराभरा काठमाडौं उपत्यका’

२. कसरी बनाउने ? – हरेक घरले छतमा आफ्नो ईच्छा अनुसारको कम्तिमा पनि एउटा बिरुवा रोप्ने । ठूलो बिल्डिङले साइज र ठाउँ अनुसार धेरै बिरुवा रोप्ने । यसो गरेमा करिब ५ वर्ष भित्रमा काठमाडौँ उपत्यका धेरै नै हरियो शहर बन्नेछ ।

३. कति वटा घरको छानामा बिरुवा रोप्ने ?–उपत्यकाका तीन शहरको १० लाख घरको छतमा कम्तिमा पनि १० लाख बिरुवा रोप्ने । धेरै रोप्न सके झनै राम्रो ।

४. पैसा कहाँबाट ल्याउने ?–१० लाख बिरुवा उत्पादन गर्न, बिरुवालाई छानामा राख्ने प्रबिधिको विकास गर्न र मानव संसाधनको व्यवस्था मिलाउन हरेक घरधनीले प्रतिवर्ष २ हजार रुपैयाँ उपलब्ध गराउने । काठमाडौं उपत्यकामा करोडौं रुपियाँ पर्ने घरको घर धनीले २ हजार रुपैंया पक्कै दिन सक्नु हुनेछ । त्यो पैसालाई एउटा कोष बनाएर जम्मा गर्ने । १० लाख घरले २ हजार रुपैंयाको दरले पैसा उठाउँदा एक वर्षमा २ अर्ब रुपैंया जम्मा हुन्छ । कुनै विदेशी दाताहरुलाई पैसा नमाग्ने तर स्थानीय सरकारसँग सहकार्य गरेर काम अगाडि बढाउने ।

५. कुन प्रविधि प्रयोग गर्ने र कुन कुन जातको बिरुवाहरु लगाउने ?–घरको छतमा बिरुवा लगाउन संसारमा धेरै नै प्रविधिहरुको विकास भएका छन् । त्यसको लागी विज्ञहरुलाई उपयुक्त प्रविधि र बिरुवाको उपयुक्त जातहरु छान्ने काममा लगाउनुपर्छ । घर धनीले आफ्नो ईच्छा अनुसारको बिरुवा लगाउन पनि सक्नेछन् । एउटा उपयुक्त प्रबिधि भनेको Air-pot सिस्टम पनि हुन सक्छ । त्यो सिस्टमको भिडियो हेर्नु होस् –

६. यसो गर्दा बिरुवाहरुले कति कार्बनडाईअक्साइड सोस्छन ? – ठूला बिरुवाले एक वर्षमा औसतमा २३ किलोग्राम जति कार्बनडाईअक्साइड सोस्ने रहेछ । यसरी हामीले रोपेको १० लाख बिरुवाले प्रतिवर्ष ५ किलोग्रामको दरले अक्सिजन सोस्यो भने पनि एक वर्षमा ५० लाख किलोग्राम कार्बनडाईअक्साइड सोस्छ । यसो हुँदा काठमाडौं उपत्यकाको वायुमंडल निकै सफा हुन्छ र सास फेर्न सजिलो हुनेछ र श्वासप्रश्वासका बिरामीहरुको पनि संख्या निकै नै कम हुनेछ ।
७. अनि अन्य फाईदाहरु के के हुन्छन नि ?
– निम्न अनुसारको फाइदाहरु हुनेछन ।
– घर धनीले बिरुवाको स्याहार सुसार गर्ने हो भने ५ वर्षमा बिरुवा निकै बढ्नेछ ।
– काठमाडौं उपत्यकाको आकाशबाट तल हेर्दा एकदमै हराभरा देखिनेछ ।
– घरको छतमा बिभिन्न फलफुल र सागसब्जीको उत्पादन हुनेछन् ।
– आंशिक सुपमा भए पनि फलफुलमा स्वावलम्बन हुनेछन् ।
– काठमाडौं उपत्यका हरियो शहर (Green City) र स्वच्छ शहर बन्नेछ ।
– (Green City) हेर्न पर्यटकहरुको घुइँचो लाग्नेछ र आर्थिक विकास हुनेछ ।
– पर्यटकमा आधारित व्यवसायहरु बढ्नेछन र रोजगारीको सृजना हुनेछ ।
– विश्वमा काठमाडौं उपत्यकाको नाम चल्नेछ र नेपाली को नाक ठाडो हुनेछ ।
– यस बाहेक अन्य धेरै नै फाइदाहरु हुनेछन् र सबैको मन शान्त हुनेछ ।

साथ साथै त्यो पैसाले दोश्रो चरणमा उपत्यकाका नदीनालाहरु सफा गर्ने काम पनि गर्न सकिनेछ । लौ त उपत्यकाका घरधनी र साहु महाजनज्यूहरुले प्रतिवर्ष २ हजार रुपैयाँ दिन मन फुकाउने हो त ?? धेरै कन्जुस हुनु राम्रो होइन होला ।

मेरो कथा यति नै हो– सुन्नेलाई सुनको माला, कथा भन्नेलाई फुलको माला, यसो गर्यो भने काठमाडौं उपत्यका पक्कै बैकुण्ठ बन्ला, धन्यबाद
नोटः यदि तपाइँहरुलाई यो आइडिया राम्रो लाग्यो भने यस काममा सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र तपाइँहरुको सेवामा हाजिर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन