वागमती प्रदेशसभा अन्यौलपूर्ण,बैठक अनिश्चितकालका लागि स्थगित



मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

नेकपा विभाजन पछि प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलको विरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक नबसेको बुझिएको छ । सत्ता लम्ब्याउने र आफ्नो बहुमत सिद्ध गर्न जुनसुकै हर्कत गर्नका लागि समय चाहिएकोले यसरी बैठक स्थगित गरेको हुनसक्ने अनुमान छ ।

संसदमा अविश्वासको प्रस्ताव पेश भएको झण्डै २ महिना पछि पनि पटक–पटक बैठक स्थगित हुँदै आएको छ । बैठकको लागि प्रदेश सभा सदस्यहरु हेटौंडा पुगिसकेका छन् । तर बैठक स्थगित गरेको आज विहान मात्र थाहा भएको सांसदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो