पहिलो खोप लगाएको कति दिनपछि दोस्रो खोप लगाउने ?



डा. रवीन्द्र पाण्डे ।

भर्खर ल्यान्सेटमा प्रकाशित रिपोर्ट अनुसार अक्सफोर्ड/एस्ट्राजेनेकाको खोपको ( कोभिशिल्ड ) दोस्रो मात्रा ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४.९ % प्रभावकारी देखिएको छ भने १२ हप्ता वा बढीको अन्तरालमा लगाउँदा ८२.४ % प्रभावकारी देखिएको छ । तर विश्व स्वास्थ्य संगठनले लामो अन्तरालमा खोप लगाउनुको कुनै विशिष्ट कारण नभएको बताएको छ ।

त्यस्तै पहिलो डोज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ % कम हुन्छ भने ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण नसर्ने सम्भावना ८२.४ % हुन्छ । पहिलो खोप लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति गम्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुन्छ ।

त्यस्तै ३ हप्तापहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को अध्ययनले देखाएको छ । धेरै अध्ययनको निचोड छ कि कोभिशिल्ड खोपको दोस्रो मात्रा ४ हप्तादेखि १२ हप्तासम्म लगाउनु उपयुक्त हुन्छ ।
कतिपय अध्येताले खोपको अभाव भएको हुँदा दोस्रो मात्राको अबधि बढाउन खोजेको तथा ३/३ महिनामा खोप लगाउनुपर्ने अवस्था सिर्जना गर्न खोजेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु

चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको